भारत र इङल्याण्डबीचको पाँचौं टेस्ट रोमाञ्चक मोडमा

पोखरा स्पोर्टस ।  भारत र इङल्याण्डबीचको पाँचौं टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिन बर्षाले प्रभावित हुदा खेल पाँचौ दिनमा पुगेको छ ।

अब यस टेस्टमा इङल्यान्ड जितबाट ३५ रन टाढा छ भने भारत जितबाट ४ विकेट टाढा रहेको छ । ३७४ रनको लक्ष्य पछाएको इङल्याण्डले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ ।

इङल्याण्डका लागि ह्यारी ब्रुकले १११ रन र जो रुटले १०५ रन बनाएर जित नजिक पुगेपनि भारतले खेलमा कम ब्याक गर्दै दुवैलाई आउट गरेको थियो । भारतका लागि प्रसिद्ध कृष्णले ३, मोहमद सिराजले २ तथा आकास दीपले एक विकेट लिएका थिए ।

यस अघि यस टेस्टमा भारतले पहिलो इनिंगमा २२४ रन बनाएको थियो भने इङल्याण्डले २४७ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएको थियो ।

यस सिरिजमा इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close