एसिया रग्बी च्याम्पियनसिपका लागि महिला राष्ट्रिय टोलीको घोषणा

पोखरा स्पोर्ट्स । एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स च्याम्पियनसिप २०२५ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय महिला रग्बी टोलीको घोषणा गरिएको छ । प्रतियोगिता आगामी २०२५ अगस्त ९ देखि देखि १२ तारिखसम्म भारत बिहारस्थित राजगिर रंगशालामा आयोजना हुने छ ।

नेपाल रग्बी संघले १३ सदस्यीय टिम छनोट गरेको हो । टिम हाल सर्लाहीस्थित राधाकृष्ण खेल मैदानमा बन्द प्रशिक्षणमा रहेको महासचिब गोविन्द घिमिरेले जनाएका छन् ।

एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स च्याम्पियनसिप २०२५ मा सहभागिता जनाउने नेपाली खेलाडीहरुमा सम्झौता तुम्बापो, लक्की बलमपाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशिला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पुजा डंगोल, कविता वादी, आरुषी भट्टराई, सलिना माझी, समिक्षा गौतम र रामिरा शाही रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close