डिभिलीयर्सको तुफानी शतकमा दक्षिण अफ्रिकाले जित्यो ‘वर्ल्ड च्याम्पियन्स अफ लिजेण्डस’को उपाधि

पोखरा स्पोर्टस ।  दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउदै वर्ल्ड च्याम्पियन्स अफ लिजेण्डसको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

पाकिस्तानले दिएको १९६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १६.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाका लागि एबी डिभिलीयर्सले ६० बलमा अविजित १२० रन बनाएका थिए । त्यस्तै जीन पाउल डुमीनीले अविजित ५० रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । यस प्रतियोगितामा सेमिफाइनलमा भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान फाइनल खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close