
पोखरा, ३१ असार । काठमाण्डौमा जारि केन्द्रिय स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत छात्रा भलिबल तर्फको उपाधी गण्डकी प्रदेशले जितेको छ ।
मंगलबार सम्पन्न फाइनलमा गण्डकीले प्रदेश नं ५ लाई ३–२ को सेटमा पराजित गर्दै उपाधी जितेको भलिबल प्रशिक्षक कौशिला खत्रीले जानकारी दिइन ।
गण्डकीले पहिलो दुई सेट २५–१८ र २५–१३ ले जितेर उपाधी नजिक पुगे पनि तेश्रो सेट २२–२५ ले गुमाउन पुग्यो । गण्डकीले चौथो सेट पनि २५–२७ ले गुमाउँदा पाँचौ र निर्णायक सेटमा कमब्याक गर्दै १५–७ ले जितेर छात्रा तर्फको भलिबल उपाधी उचाल्न सफल रह्यो ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले जित पछि खुसी व्यक्त गर्दै गण्डकी प्रदेशले भलिबलमा फेरि आफ्नो दबदबा कायम राख्न सफल भएकोमा सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई बधाई दिएका छन ।
