एनपीएलको पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक

पोखरा स्पोर्ट्स ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको छ।

बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको हो । 

क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट क्यानलाई नेट २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ नाफा भएको जानकारी दिइएको छ ।

क्यानले एनपीएलबाट कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको थियो ।

जसमा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको छ । 

प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको क्यानले जनाएको छ । जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close