नेपाली यू-२० महिला फुटबल टिम भुटान प्रस्थान

पोखरा स्पोर्ट्स ।  एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स खेल्न नेपाली टिम भुटान प्रस्थान गरेको छ । नेपाली टिम विहिबार बिहान भुटानतर्फ प्रस्थान गरेको हो । 

भुटान जाने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले बुधबार दशरथ रंगशालामा बिदाई गरेको थियो । 

प्रतियोगिताको समूह ‘ए’मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता भुटानमा यही अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ ।  

नेपालले पहिलो खेल भुटानसँग अगस्त ६ मा खेल्ने छ भने दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close