
पोखरा स्पोर्टस । संघीय संरचना लागू भएसँगै नेपालमा खेलकुद विकासको जिम्मेवारी पनि क्रमशः स्थानीय तहमा सर्न थालेको छ । नेपाल सरकारद्वारा पारित खेलकुद विकास ऐन २०७७ ले पनि स्थानीय तहलाई खेलकुद विकासको आधार बिन्दुका रूपमा स्पष्ट रूपमा परिभाषित गरेको छ ।
स्थानीय तहले अहिले विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, व्यायामशाला निर्माण तथा सार्वजनिक खेल संरचनाको विकासलाई प्राथमिकता दिँदै आएका छन् । सबै उमेर समूहलाई सक्रिय बनाउने उद्देश्यले खेलकुद गतिविधिमा स्थानीय तहको योगदान बढ्दो क्रममा छ, जहाँ विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मलाई समेट्ने प्रयास भइरहेको छ ।
हरिप्रसाद पराजुली पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हुन् । नेपाली खेलकुदको विकासमा आफ्नो यौवन कालमा होस वा अहिलेको वर्तमान अवस्थामा उत्तिकै रुपमा खेलकुद क्षेत्रमा आफूलाई अग्रभागमा उभ्याएका छन् । आफूलाई खेलकुद क्षेत्र केही गरौं हुटहुटी बोकेका उनीबाट यूवा पुस्ताले सिक्ने धेरै कुरा छन् । नेपाली माटोमा खेलकुदमा पसिना बगाएका उनले निरन्तर आफ्ना लेख रचना मार्फत समाजलाई झकझक्याउन कलम चलाउन सुरू गरेका छन् ।
खेलकुदले न केवल स्वस्थ नागरिक उत्पादन गर्छ, बरु समाजमा एकता, अनुशासन र सकारात्मक ऊर्जा पनि विकास गर्छ । त्यसैले स्थानीय तहले समुदाय र नागरिकहरूलाई खेलकुदमा संलग्न गराउन जिम्मेवारीपूर्वक अघि बढ्नु आवश्यक छ ।
स्थानीय तहबाट खेलकुद प्रवर्द्धनका सम्भावित कार्यक्रमहरू
खेलकुद गतिविधिमा जनसहभागिता बढाउन तथा शारीरिक सक्रियता प्रवर्द्धन गर्न स्थानीय तहले निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्छः
– व्यायाम, शारीरिक क्रियाकलाप तथा खेलकुद बारे सचेतना अभिवृद्धि सम्बन्धि कार्यक्रमको संचालन ।
– स्कुल, कलेजको बिदाको समयमा खेलकुद निकायसंग समन्वय गरी विशेष कक्षा संचालन ।
– अभिभावक एवं विद्यालय, संघ, संस्थासंग खेलकुद सम्बन्धि अन्तरक्रिया ।
– विभिन्न उत्कृष्ट खेलका प्रतियोगिताका भिडियो प्रदर्शन ।
– मनोरन्जनात्मक खेलको परम्परागत खेल प्रदर्शन ।
– बृहत खेल महोत्सवको आयोजना ।
– विभिन्न सामाजिक संजाल मार्फत व्यापक प्रचार प्रसार ।
– उनीहरुलाई प्रविधिमैत्री बनाउन website, Email, Apps को व्यवस्था ।
परम्परागत र मनोरञ्जनात्मक खेलहरूको प्रदर्शन
-बृहत खेलकुद महोत्सव आयोजना
-सामाजिक सञ्जालमार्फत खेलकुद कार्यक्रमको प्रचार–प्रसार
-प्रविधिमैत्री वातावरण बनाउन डिजिटल खेल उपकरणको व्यवस्था
-खेल संरचना र पूर्वाधार विकासमा स्थानीय तहको भूमिका
स्थानीय तहले आफ्नै स्रोत परिचालन गरी वार्षिक योजनाको आधारमा खेल पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ। यस अन्तर्गत:
-प्रत्येक वडामा रहेका खेलमैदानको अभिलेख राख्ने
-खाली स्थानहरूको उपयोगिता अध्ययन गरी खेल उपयोगको योजना बनाउने
-अवव्यस्थित खेलमैदानको स्तरोन्नति र व्यवस्थापन
-खेल मैदानमा आवश्यक सुविधा: शौचालय, चेन्जिङ्ग रूम, क्यान्टिन, प्राथमिक उपचार कक्ष आदि
खेलाडी र प्रशिक्षक विकासका कार्यक्रम
स्थानीय तहले खेलकुदमा संलग्न प्रशिक्षक र खेलाडीहरूको दक्षता विकास गर्न विभिन्न तालिम तथा कार्यशालाको आयोजना गर्नु पर्दछ। साथै, खेलाडी र प्रशिक्षकलाई न्यूनतम सेवा सुविधा उपलब्ध गराउँदै प्रशिक्षण सहज बनाउनुपर्ने आवश्यकता छ। जस्तैः
-खेलप्रकार अनुसार प्रशिक्षण व्यवस्था
-भ्रमण, खाना, पोशाक र खेल सामाग्री जस्ता न्यूनतम सुविधा
-तालिम अवधिमा विद्यालयसँग समन्वय
-प्रशिक्षकका लागि विशेष कार्ययोजना र तालिम
-प्रतिभा पहिचान र प्रतियोगिता सञ्चालनमा स्थानीय तहको अग्रसरता
ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्न चरणबद्ध खेलकुद कार्यक्रम र प्रतियोगिताहरूको निरन्तरता अत्यन्तै आवश्यक हुन्छ । यसका लागिः
-अन्तरवडा खेलकुद प्रतियोगिता
-बृहत खेलकुद महोत्सव
-विभिन्न संघ(संस्थासँग समन्वय गरी प्रतियोगिता आयोजना
-खेलाडी, रेफ्री, निर्णायक आदिका लागि न्यूनतम बजेट व्यवस्था
-प्रतिभा पहिचानका लागि अनुसन्धनात्मक कार्यक्रमहरू
-खेलाडीको भविष्य सुरक्षित गर्न बीमा तथा संरक्षण कोषको व्यवस्था
खेल पर्यटन र आर्थिक समृद्धिका लागि स्थानीय तहको अग्रसरता
ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्नका लागि चरणबद्ध खेलकुद कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आवश्यक हुन्छ । खेल पर्यटनको विकास, स्वस्थ नागरिक उत्पादन र आर्थिक समृद्धिमा योगदान पुर्याउने यस अभियानमा स्थानीय तहको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसैले, स्थानीय तहले खेल संरचना निर्माण, प्रतियोगिता आयोजना र प्रतिभा पहिचानमा केन्द्रित योजनाहरू ल्याउँदै दीर्घकालीन रूपमा खेलकुदको विकासमा समर्पित रहनुपर्छ। यसले राष्ट्रलाई स्वस्थ, प्रतिभाशाली र आत्मनिर्भर खेल समाज निर्माणमा टेवा पुर्याउनेछ ।
