लुम्बिनीका खेलकुदमन्त्री पाण्डेयले गरे पदभार ग्रहण

पोखरा स्पोर्टस ।  लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोषकुमार पाण्डेयले पदभार ग्रहण गरेका छन् ।

आइतबार युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका पाण्डेयले सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

उनले मंगलबार  मन्त्रालय देउखुरी दङ्गको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पाण्डेय प्रदेशमा लोसपाका संसदीय दलका नेता हुन् । 

पाण्डे नियुक्तिसँगै लुम्बिनीको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।

यसअघि ११ सदस्यीय मन्त्रिमण्डलमा एमालेबाट ५, कांग्रेसबाट ५, जसपाबाट १ मन्त्री थिए भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वयं मुख्यमन्त्रीले सम्हालिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close