फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार काठमाडौंमा हुने

पोखरा स्पोर्ट्स । नेपाल किक बक्सिङ एसोसिएसनले फ्रिस्टाइल किक बक्सिङको प्रवर्द्धन गर्ने लक्ष्यसहित चार दिने रेफ्री तथा प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ । उक्त सेमिनार साउन १७ देखि २० गतेसम्म काठमाडौंको जडिबुटीस्थित फाइट क्लब नेपालमा हुने भएको हो ।

विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसनका अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यमा आयोजना हुने सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । सेमिनारको क्रममा ब्ल्याक बेल्ट ग्रेडिङ पनि सञ्चालन गरिने महासचिव विन्दा नेपालीले जानकारी दिइन् ।

एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठका अनुसार सेमिनार नेपालमा किक बक्सिङको स्तरीय विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थिति बलियो बनाउने दिशातर्फको महत्वपूर्ण पहल रहेको बताए । ‘फ्रिस्टाइल किक बक्सिङ शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकास गर्ने रोचक खेल हो’, अध्यक्ष श्रेष्ठले भने ।

एसियन किक बक्सिङकी स्वर्ण पदक विजेता समेत रहेकी विन्दाले यो विधाको खेल नेपालमा लोकप्रिय बन्दै गएको बताएकी छद्धन् । उनका अनुसार मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा आधारित यो खेल एसोसिएसनको मिहिनेत र टिम स्पिरिटका कारण तीव्र रुपमा अगाडि बढिरहेको छ ।

सेमिनारका लागि अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष राजकुमार ठकुरी, कोषाध्यक्ष सुमन नेपाल, प्रमुख प्रशिक्षक रमेश नेपाली र वरिष्ठ सल्लाहकार आकाश धितालको नेतृत्वमा तयारी पूरा भइसकेको छ । सेमिनार उपलब्धिमूलक र प्रभावकारी हुने अपेक्षा आयोजकले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close