
पोखरा स्पोर्ट्स । शनिबार नेपाल टेनिस संघको अध्यक्षमा मनोहरदास मुल निर्विरोध चयन भएका छन् ।
नेपाल टेनिस संघको शनिबार सम्पन्न ११ औं विशेष साधारण सभा तथा निर्वाचनले मुललाई आगमी ४ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो । उनी संगै १७ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको संघले जनाएको छ ।
१७ सदस्यिय कार्यसमितिमा एक जना मात्र महिला केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन् । सदस्यमा चयन प्रीति बराल पोखराकी हुन् भने उपाध्यक्षमा निर्वाचित विनोद कायस्थ पनि पोखराका हुन् । त्यस्तै पोखराका विष्णु बहादुर थापा केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
अध्यक्षमा चयन भएका मुल यसअघि नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक थिए । उनले नेपाल टेनिस संघको महासचिवको जिम्मेवारीमा समेत् सम्हालेका थिए ।
सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिनेश तुलाधर, विनोद कायश्थ र राजु श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै महासचिवमा निरेशबहादुर श्रेष्ठ, सचिवमा अजय विष्ट र कोषाध्यक्षमा जयजीव हाडा रहेका छन् ।
कार्यसमिति सदस्यमा प्रीति बराल, विष्णु बहादुर थापा, गोपालप्रसाद ज्ञवाली, अशोक गुरुङ, प्रवीण वैद्य, रविन प्रधान, गोकुल श्रेष्ठ, कविन्द्र पन्त, निशान्तकुमार लामिछाने र सुन्दरबहादुर केसी चयन भए ।
१७ सदस्यिय कार्यसमितिमा एक जना मात्र महिला केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन् । सदस्यमा चयन बराल पोखराकी हुन् भने उपाध्यक्षमा निर्वाचित कायस्थ पनि पोखराका हुन् ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले शुभकामना दिए भने राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले प्रमाण पत्र प्रदान गरेका थिए ।
त्यसअघि सम्पन्न साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।
