एनएनआईपिए स्पोर्टस अवार्ड फागुनमा

पोखरा स्पोर्टस । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपिए स्पोर्टस् अवार्ड फागुन १७ गते गर्ने संघले पत्रकार सम्मेलन गरि जनाएको हो ।  गोदावरी नगरपालिकाको मुख्य प्रायोजनामा हुने १६ औं संस्करणको अवार्ड ललितपुरस्थित बज्रबाराही मन्दिरमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

कोभिडका कारण प्रतियोगिताहरु नभईरहेको अवस्थालाई मध्यनजर गर्दै यस पटक ओलम्पिक कमिटिबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरि सिफारिस गरिएको खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।

अवार्डमा २७ खेल मध्येका उत्कृष्ट खेलाडी अवार्ड जसमा खेलाडीहरुले रु १० हजार सहित ट्रफी प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिने छ । जसले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरि एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन् । एक पुरुष र एक महिला उदियमान खेलाडी चयन गरि ५० हजार नगदले सम्मान गरिने छ ।

अवार्ड कार्यक्रममा एक जना अग्रज खेलाडी जसले खेलकुदमा जीवन ब्यतित गर्नुका साथै खेलकुदको विकासमा योगदान पु¥याएका गजराज आदर्श खेल ब्यक्तित्व पुरस्कार बाट सम्मान गरिने छ । यो पुरस्कार नेपालका पहिलो धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी ट्रष्टले प्रदान गरेको रु ३५ हजार रहेको छ । एक खेल पत्रकारलाई एनएनआईपिए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ । जसमा नगद २५ हजार रहेको छ । यस्तै एक जना बर्ष उत्कृष्ट पारा खेलाडी सम्मान जसलाई १० हजार नगदले सम्मान गरिने आयोजकले जनाएका छन् ।

संघले सिफारिस गरिएका उत्कृष्ट खेलाडी बाहेक अन्य खेलाडीहरुको चयनका लागि संघका पूर्व अध्यक्ष एवं ओलम्पियन दीपक बिष्टको संयोजकत्वमा एक छनोट कमिटि गठन गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close