भारत पहिलो इनिंगमा ३५८ रनमा अल आउट, स्टोक्सले लिए ५ विकेट

पोखरा स्पोर्ट्स । भारतले इङल्याण्डविरुद्धको चौथो टेस्टको पहिलो इनिंगमा ३५८ रन बनाएको छ । खेलको दोस्रो दिन भारत ३५८ रन बनाएर अलआउट भएको हो ।

भारतका लागि साई सुदर्शनले सर्बाधिक ६१ रन बनाए भने यशस्वी जैसवालले ५८, ऋषव पन्तले ५४, केएल राहुलले ४६, श्रदुल ठाकुरले ४१, वाशिंटन सुन्दरले २७, रविन्द्र जडेजाले २० र कप्तान शुभमन गिलले १२ रन बनाए ।

त्यसैगरी इङल्याण्डका बलर कप्तान बेन स्टोक्सले सर्बाधिक ५ विकेट लिए भने जोफ्रा अर्चरले ३ विकेट लिए । त्यस्तै क्रिस वोक्स र लियाम डावसनले एक एक विकेट लिए । अब इङल्याण्डले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ ।

५ खेलको सिरिजमा हाल इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close