बंगलादेशसँग पाकिस्तान ७ विकेटले पराजित

पोखरा स्पोर्ट्स । बंगलादेशले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।

आइतबार सम्पन्न पहिलो टी-२० खेलमा बंगलादेशले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १११ रनको लक्ष्य पछाएको बंगलादेशले १५.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तान १९.३ ओभरमा ११० रन बनाएर अल आउट भएको थियो ।

यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल मंगलबार खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close