
पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा एन्फा कास्कीका निवर्तमान अध्यक्ष धरम बहादुर लामिछाने चयन भएका छन ।
एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितीमा आज पोखरामा सम्पन्न भेलाले लामिछानेलाई एन्फाको नयाँ विधान अनुरुप प्रदेश अध्यक्षमा लामिछानेलाई जिम्मेवारी दिंदै २१ जना लाई चयन गरेको छ ।

यसै गरि तिन उपाध्यक्षमा मुक्त राना (स्याङ्गजा), लोकेन्द्र गुरुङ (लमजुङ्ग) र मिलन गुरुङ (कास्की) रहेका छन । संघको महासचिबमा दिपेन्द्र श्रेष्ठ (गोर्खा) र सचिबमा रमेश कार्की (कास्की) लाई जिम्मेवारी दिइएको छ ।
संघको कोषाध्यक्षमा रामराज गुरुङ (वागलुङ), सह कोषाध्यक्षमा बिनोद गुरुङ (तनहुँं) र सदस्यहरुमा सेत पुन (नवलपुर), बेद बहादुर गुरुङ (मनाङ), भक्ति गुरुङ र दुर्गा घिमिरेलाई (महिला सदस्य), खेमराज बराल (पुष्प) (कास्की), सूर्य लामिछाने (बागलुङ), हरि तिमिल्सिना (तनहुँ), सिजन श्रेष्ठ (लमजुङ), प्रकाश रेग्मी (स्याङजा), रविन पौडेल (तनहुँं), सुमन गुरुङ (गोर्खा), संजिब राना (लमजुङ) र मेघराज पाण्डे (नवलपुर) रहेका छन ।
नव गठित समितीको प्रमुख सल्लाहकारमा एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापा तथा सल्लाहकार हरुमा सुक गुरुङ र बसन्त थकाली चयन भएका छन ।
सम्पन्न भेलाले एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापालाई लिग कमिटीको संयोजक तोकेको छ । जसको सह संयोजकमा एन्फाका केन्द्रिय सदस्य रत्न कुमार श्रेष्ठ कोषाध्यक्षमा मिलन गुरुङ रहेका छन । त्यसै गरि सदस्यमा मदन केसी, शम्भु केसी, नर गुरुङ, जगत बहादुर थापा, राजेन्द्र गिरि, बिनोद गुरुङ र जयराज भण्डारीलाई चयन गरिएको छ ।
