सरकारको प्राथमिकता हाइ अल्टिच्यूड स्पोर्टस सेन्टर सँगै सेवा निवृत खेलाडीलाई सहुलियत कर्जा

यूवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ७४ करोड

पोखरा स्पोर्टस । नेपाल सरकारले आगामी वर्ष हाइ अल्टिच्यूड खेल मैदान सँगै सेवा निवृत खेलाडीलाई सहुलियत दरको कर्जा उपलव्ध गराउने भएको छ ।

नेपाल सरकारका अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारले ५ हिमाली जिल्लामा हाई अल्टिच्यूड स्पोर्टस सेन्टर सँगै सेवा निवृत खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दरको कर्जा उपलव्ध गराउने जनाएका हुन । मन्त्री पौडेलले प्रस्तुत गर्दै सोलुखोम्वु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माण गरिने बताएका छन ।

  • यूवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ७४ करोड
  • मनाङ र मुस्ताङमा हाइ अल्टिच्यूड स्पोर्टस सेन्टर
  • देशका १६८ पालिकामा खेलग्रामको निर्माण
  • अर्को आर्थिक वर्षमा पोखरा रंगशालाई पूर्णता दिइने
  • नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाइने
  • अन्तराष्ट्रियस्तरको खेल विद्यालयको स्थापनाका लागि अध्ययन गरिने

आगामी वर्ष नवौं राष्ट्रिय खेलकुदको आयोजना सँगै पोखरा रंगशालाको पूर्वाधार निर्माण कार्यलाई समेत सम्पन्न गरिने अर्थमन्त्री पौडेलले बताएका छन । यो सँगै नेपालललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्ने तथा अन्तर्राष्ट्रियस्तरको खेल विद्यालय स्थापना गर्न समेत अध्ययन अनुसन्धानका लागि रकम विनियोजन गरिएको बताए ।

आर्थिक वर्ष २०७८/०७९ का लागि यूवा तथा खेलकुद मन्त्रालय अन्तरगत २ अर्व ७४ करोडको विनियोजित बजेटमा १ सय ६८ पालिकाहरुमा खेल ग्रामको पूर्वाधार निर्माण सँगै झापाको दमकमा दुई वर्ष भित्र मदन भण्डारी रंगशालाको निर्माण सम्पन्न गरिने मन्त्री पौडेलले बताए । चालु आव भन्दा यो वर्ष खेलकुदमा बजेटको आकार बढेको छ । आव ०७८/०७९ मा खेलकुद तर्फ ३८ करोडले बजेट वृद्धी भएको छ । चालु आवमा २ खर्व ३६ करोड रहेको थियो । प्रस्तुत बजेटमा खेलाडी प्रोत्सहान, प्रशिक्षण र नवौं राष्ट्रिय खेलकुदका लागि समेत बजेट विनियोजन गरिएको छ । यो सँगै विभिन्न प्रदेशमा प्रदेश स्तरिय रंगशाला र काठमाडौको मुलपानी सहित केही जिल्लामा क्रिकेट रंगशालाको निर्माण कार्यलाई अघि बढाउने समेत प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

सरकारले अध्यादेश मार्फत आगामी वर्षको बजेट ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close