प्रथम एनटिए खुल्ला ग्यरोगी लिग तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

पोखरा स्पोर्टस । काठमाण्डौमा हुने प्रथम एनटिए खुल्ला ग्यरोगी लिग तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा यहि २६ गते देखि २८ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । संघले एक प्रेश विज्ञप्ती जारी गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

संघका अध्यक्ष प्रकाश सम्शेर राणाद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतियोगिताले नयाँ प्रतिभावान र सम्भावित खेलाडीहरुको पहिचान गर्ने संगै खेलाडी उत्पादनमा सहयोग मिल्ने जनाएका छन् ।

प्रतियोगितामा नेपालभरिका करिब १ हजार खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सिनियर ईभेन्टतर्फ १८ वटा तौल समूह, जुनियरतर्फ तथा क्याडेटतर्फ ६–६ र चिल्ड्रेनतर्फ ८ गरी कुल प्रतिस्पर्धा ३८ ईभेन्टमा हुने प्रतियोगिता संयोजक बब्लु शिवाकाटीले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र सात वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने छ ।

यस अघि संघले गत बैशाखमा पुम्सेतर्फको लिग प्रतियोगिता आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close