क्यानेडियन फरवार्ड स्मिथ बनिन् इतिहासकै सबैभन्दा महँगो महिला खेलाडी

पोखरा स्पोर्ट्स । क्यानेडियन फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छिन् ।

उनलाई फुटबल क्लब आर्सनलले एक मिलियन पाउण्ड अर्थात १.३४ मिलियन डलरमा लिभरपुलबाट किनेको हो ।

२० वर्षीया स्मिथले १५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी थिइन् । अब उनले च्याम्पियन्स लिग होल्डर क्लब आर्सनलसँग चार वर्षे सम्झौतामा हस्ताक्षर गरेकी छिन् ।

उनको सम्झौताले जनवरीमा अमेरिकी डिफेन्डर नाओमी गिरमासँग चेल्सीको सम्झौताको रेकर्ड तोडेको छ । चेल्सी क्लबले नाओमीसँग ९ लाख पाउण्डमा सम्झौता गरेको थियो ।

स्मिथले लिभरपुलमा गत सिजनमा २० खेलमा २२ गोल गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close