‘रूपेश कुमार’ पोखरा निन्जाजका मुख्य प्रशिक्षक नियुक्त

पोखरा स्पोर्ट्स । नेपालकै एक मात्र फ्रेन्चाइज–आधारित महिला भलिबल लिग ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL)’ को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले अनुभवी प्रशिक्षक रूपेश कुमार विष्टलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

पोखरा निन्जाज टिम डाइरेक्टर विकास खेतानका अनुसार, विष्टको नियुक्ति टोलीलाई प्रतिस्पर्धात्मक र व्यावसायिक रूपमा सक्षम बनाउने योजनाअनुरूप गरिएको हो ।

रूपेश हाल नेपाल पुलिस क्लबको महिला भलिबल टोलीका प्रशिक्षक हुन् । गत वर्ष काभा महिला क्लब च्याम्पियनसिप जित्न सफल नेपाल पुलिस टोलीको नेतृत्व गर्दै उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । विष्टले वात्सल्य लिगको पहिलो संस्करणमा गण्डकी प्रदेश टोलीको मुख्य प्रशिक्षकको रूपमा कार्यसमेत गरिसकेका छन् ।

सहायक प्रशिक्षकमा भने एफआईभीबी लेभल टु कोच सन्तोष विष्टलाई नियुक्त गरिएको छ ।

छ वटा फ्रेन्चाइज टोलीको सहभागितामा हुन लागेको यो लिग नेपाली महिला भलिबललाई व्यावसायिक मोडमा लैजाने ऐतिहासिक प्रयासको रूपमा हेरिएको छ ।

लिगको दोस्रो संस्करणको कार्यक्रम मिति पनि पूर्वनिर्धारित भइसकेको जानकारी दिँदै पोखरा निन्जाजले सबैको साथ, माया र समर्थनको अपेक्षा गरेको टिम डाइरेक्टर खेतानले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close