राजधानीमा खेल संघसंगको अन्तरक्रिया सम्पन्न

पोखरा स्पोर्ट्स । युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संयोजनमा राष्ट्रिय खेल संघ/महासंघका पदाधिकारीसंगको अन्तरक्रिया कार्यक्रम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल संघका आर्थिक श्रोत, अन्तर्राष्ट्रिय संघ÷महासंघबाट प्राप्त सहयोग, प्रायोजन, टिकट विक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेट बारे कार्यपत्र पेश गरेका थिए ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारको बाटोमा गइरहेको बताउदै मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा बृद्धिमा पहल गरिने बताए । उनले निजी क्षेत्रसंग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउदै सुशासन, पारदर्शीता र सुदृढकरणमा जोड दिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रममा सहभागीको सुझाव सकरात्मक रहेको बताउदै आभार व्यक्त गरे ।

खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्सालले समस्याको समाधानका लागि पनि समय समयमा यस्तो कार्यक्रम जरुरी भएको बताए ।

राखेप कार्यकारी समिति र बोर्ड सदस्य, खेल संघका पदाधिकारीलगायतको उपस्थितिमा भएको एकदिने कार्यक्रममा सहभागीले दसौं राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामाग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखा परिक्षण, पेश्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामाग्रीलगायतका विषयमा आ–आफ्नो धारणा राखेपका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close