कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

पोखरा स्पोर्ट्स  ।  नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी कर्णाली याक्स नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको छ ।

कर्णाली याक्सले सोमबार मल्ललाई टिमको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशकको रूपमा नियुक्त गरेको हो । कर्णालीले मल्लले प्राप्त गरेको अनुभव, रणनीतिक सोच र नेतृत्व क्षमताले कर्णाली याक्सलाई प्रतिस्पर्धात्मक रूपमा थप सशक्त बनाउने विश्वास गरेको छ । 

ज्ञानेन्द्र एनपीएलको पहिलो सिजनमा पनि कर्णाली याक्सको प्रशिक्षक थिए । एनपीएलको पहिलो सिजनमा कर्णाली दोस्रो क्वालिफायरमा पुगेर पराजित भएको थियो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close