ओलम्पिकमा सहभागी हुने शुटिङ खेलाडीलाई खेल सामाग्री

पोखरा स्पोर्टस । ओलम्पिक खेलमा सहभागी हुने शुटिङ खेलाडीलाई नेपाल शुटिङ संघले खेल सामाग्री उपलव्ध गराएको छ ।

सन २०२१ मा जापानमा आयोजना हुने ओलम्पिक खेलका लागि सोलिडारिटी कोर्ष अन्र्तगत ओलम्पिक स्कलरशिपमा प्रशिक्षरणरत सुस्मिता नेपाल र कल्पना परियारलाइ खेल सामाग्री उपलव्ध गराएको हो । उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यबाट किट्स व्याग, ट्रयाकसुट, जुत्ता तथा अन्य खेल सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

नेपाली खेलाडीद्वय सुस्मिता र कल्पनाले १० (दश) मिटर एयर राईफलतर्फ सहभागिता जनाउने छन ।सो अवसरमा कार्यकारी निर्देशक राजवैद्यले खेल सामाग्रीहरुले खेलाडीहरुको हौसला बढ्नुका साथै स्त्तरवृद्धी हुनेकुरामा विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा संघका अध्यक्ष पुष्पा दास श्रेष्ठ, उपाध्यक्ष ध्रुव रायमाझी, प्रशिक्षक र खेलाडीहरुको सहभागीता रहेको थियो ।
Pokhara Marathon Advt.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close