पोखरामा चौथो अभियान कप भलिबल प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । अभियान युवा क्लवको आयोजनामा बिहिवारदेखि चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । पोखरा ५ मालेपाटन बाराही माध्यामिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले वियन्का कृषि फार्मलाई ३–० को सोझो सेटमा हराएको छ । पहिलो सेट २५–७ को फराकिलो अंकले शान्ताले जितेपनि दोस्रो सेटमा भने कृषिफार्मले केहि सुधारिएको खेल देखाएको थियो । तर, शान्ता भलिबल टे«निङले दोस्रो सेटपनि आफ्नो पक्षमा पार्न सफल रह्यो । शान्ताले दोस्रो सेट २५–२३ तथा तेस्रो सेटमा २५–१८ को जित निकाल्यो ।

दोस्रो खेलमा मट्टिखान युवा क्लबले मालेपाटन भलिबल टे«निङ सेन्टरलाई ३–० कै सोझो सेटमा पाखा लगायो । मट्टिखानले मालेपाटनलाई पहिलो सेटमा २५–२० ले हरायो । दोस्रो सेटभने निकै रोमाञ्चक बन्न पुग्यो । दोस्रो सेटमा पनि अन्ततः मट्टिखाननै हावि हुदैँ ३६–३४ को जित निकाल्यो । तेस्रो सेटमा २५–२३ ले हराउँदै सोझो सेटले जित आफ्नो पक्षमा पारेको हो ।

तेस्रो खेलमा भने कृस्ती युवा मिलन क्लबले कुदवि डाडाँ युथ क्लब माथि ३–२ सेटको पुनरागमन जित निकाल्यो । पहिलो र दोस्रो सेटमा २५–२३ र २५–१६ ले पछि परेको कृस्तीले तेस्रो सेटबाट भने लगातार जित आफ्नो पोल्टामा पा¥यो । तेस्रो सेटमा २५–१५ को जित निकालेको कृस्तीले चौथो सेटमा २५–२१ को जित निकाल्दै खेललाई निकै रोमाञ्चकता तर्फ धकेलेका थिए । अन्तिम सेटमा १५–८ को सेटले हराउँदै पुनरागमन जित निकालेको हो ।

बिहिवारको अन्तिम खेलमा बाराही माविले शसस्त्र प्रहरी बल कालिका गणलाई ३–० को सोझो सेटमा पाखा लगायो । बाराहीले २५–१८, २५–२० र २५–२१ को सेटमा हरायो । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता एवम् पोखरा महानगरपालिका ५ का वडाअध्यक्ष धनबहादुर नेपालीले क्लबले निकै उत्कृष्ट कार्य गरेको बताए । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा इट्टा थप्ने काम गरेको उनले सुनाए । उनले मालेपाटन पोखराको खेलकुद विकासका लागि महत्वपूर्ण स्थान रहेको बताए । ‘हाम्रो वडा खेलकुदका लागि निकै महत्वपूर्ण वडा हो । यहाँ क्रिकेट, व्याडमिन्टन, फुटबल, ठेलो लगायतका खेलहरु हुँदै आइरहेको छ । अब बास्केटबल कोर्ट पनि निर्माणको अवस्थामा छ’ उनले भने । विश्वमा नेपाललाई खेलकुदको माध्यमबाट चिनाउन सकिने उनको भनाइ थियो ।

सोहि अवसरमा बोल्दै खेल संयोजक एवम् क्लबका अध्यक्ष राजु गिरीले क्लबले आयोजना गरेको प्रतियोगिताको सुरुवाती संस्करणमा केहि विवाद आउने गरेपनि पछिल्लो समय भने सौर्हादपूर्ण वातावरणमा खेल हुने गरेको बताए । क्लबले आम्दानीका लागि नभई भलिबल खेलको विकासका लागि प्रतियोगिताको आयोजना गरेको बताए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मोहन केसी, बाराही मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बराल, फेवा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अध्यक्ष हरिभक्त पौडेल लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र मिडिया टिम पोखरा रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद रु २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कार तर्फ भने ट्रफि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close