
पोखरा स्पोर्टस । नेपाल साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग पराजित भएको छ ।
आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा २–० ले पछि परेको नेपालले खेलमा कमब्याक गर्दै २–२ को बराबरी गरेको थियो । तर बंगलादेशले खेलको इन्जुरीसमयको अन्तिम समयमा गोल गर्दै नेपाललाई पराजित गरेको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९–१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।
