यू-१७ पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा सिंह नियुक्त

पोखरा स्पोर्टस ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंहलाई नियुक्त गरेको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक सिंहलाई आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । 

मुख्य प्रशिक्षक सिंहले श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू -१७ पुरुष च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमको नेतृत्व गर्ने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close