ह्याण्डबलको मुख्य प्रशिक्षकमा ‘शाक्य’

पोखरा स्पोर्टस । ह्याण्डबलको मुख्य प्रशिक्षकमा कृष्ण शाक्य नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले शाक्यलाई मुख्य प्रशिक्षको जिम्मेवारी दिएको हो । २०४६ सालमा एनआइएस गरेका शाक्य २०५२ सालमा राखेपमा ह्याण्डबल प्रशिक्षकको रुपमा करारमा नियुक्त भएका थिए ।

उनी २०६१ साल भदौ १ गते स्थायी भएका थिए । उनले २०४३ सालमा ह्याण्डबल खेल्न सुरू गरेका थिए । २०४३ सालमा ह्याण्डबलको पहिलो मुख्य प्रशिक्षक तेज बहादुर गुरूङबाट उनले ह्याण्डबल खेल सिकेका थिए ।

विगतमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिमा रहेर पश्चिमाञ्चल ह्याण्डबल पुरूष टोलीलाई लुम्बिनी च्याम्पियनसिप, राखेप च्याम्पियनसिप, सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जिताउन भूमिका खेलेका थिए भने १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला टोलीको प्रशिक्षकको रुपमा रजत पदक जिताउन उनको भूमिका थियो ।

२०७९ सम्म ह्याण्डबलको मुख्य प्रशिक्षकको रुपमा हिमाल दाहाल रहेका थिए । उनी राखेपमा निर्देशक पदबाट अवकाश पाए संगै मुख्य प्रशिक्षक पद रिक्त रहेको थियो ।

ह्याण्डबल खेलमा शाक्यसहित बिन्दा थापा (सहायक प्रशिक्षक) गरी २ जना मात्रै प्रशिक्षक यति बेला राखेपमा कार्यरत छन् । शाक्यले समेत यहि २०८२ कार्तिक २५ गते उमेर हदका कारण अवकाश पाउने छन् ।

नेपाली हयाण्डबल खेलले कुनै बेला अन्तर्राष्ट्रिय खेल जगतमा उत्कृष्ट छाप छोड्न सफल खेल मध्येको एक थियो । राखेपले ह्याण्डबल खेलको विकास र विस्तारमा पछिल्लो केही वर्ष यता नजरअन्दाज गर्दा पलायनको स्थितीमा रहेको छ भने राखेपमा विगतमा कार्यरत दुई दर्जनको हाराहारीमा रहेका प्रशिक्षकहरु समेत उमेर हदका कारण अवकाश पाउँदै करिव–करिव रिक्त हुने स्थितीमा रहेको छ ।

राखेपले ह्याण्डबल संघको नियमित अधिवेशन गराउन समेत आलटाल गर्दा विगत १० वर्ष देखि ह्याण्डबलका सबै गतिविधि समेत ठप्प छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close