पोखरा फुटबल स्टेडियमको मर्मत कार्य सुरू गरिदैं

पोखरा स्पोर्टस । देशकै ठूलो रंगशालामा निर्मित फुटबल स्टेडियमको मर्मत कार्य सुरू गरिने भएको छ ।

हस्तान्तरणको क्रममा रहेको उक्त फुटबल रंगशाला भारत र नेपालको जोइन्ट भेन्चर निर्माण कम्पनी एम.ए कन्स्ट्रक्शनले निर्माण गरेको हो । १ अर्व २८ करोड ५० लाखमा निर्माण सम्पन्न गरिएको देशकै ठूलो फुटबल स्टेडियम दर्शक क्षमतामा आधारमा समेत ठूलो हो । १६ हजार ५ सय दर्शक क्षमता रहेको सो स्टेडियममा प्राविधिक समस्या भए संगै निर्माण कम्पनीले मर्मत कार्य सुरू गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले पोखरा स्पोर्टसलाई बताए ।

स्टेडियममा यस अघि फिटिङ गरिएको ‘प्याराफिट ट्रेड’ (डेकिङ सिट्) भाँचिन र उप्किन थाले संगै कम्पनीले पहिले फिटिङ गरिएको भन्दा बलियो प्रकारको डेकिङ सिट जडान गर्न लागेको हो । पोखरामा पर्ने अत्याधिक वर्षा र घामका कारण पुराने डेकिङ सिट भत्किन थाले संगै प्राविधिक जाँच पश्चात नयाँ डेकिङ सिट फिटिङ गर्न सिफारिस गरेको थियो । यस अघि सो स्थानमा प्लाइउडको डेकिङ सेट जडान गरिएको थियो ।

पोखरामा सञ्चालन हुने खेलकुद गतिविधि आउने दर्शकहरुले समेत् डेकिङ सिट भत्किन थाले संगै उनीहरुले समेत अचम्भित मानेका थिए । बाहिर बाट हेर्दा सुन्दर देखिने स्टेडियममा दर्शक दिर्घामा जाने सिंढी डेकिङ सिटमा खुट्टा राख्न समेत समस्या थियो । दर्शकहरु दुर्घटनामा पर्न सक्ने सम्भावित विषयमा निर्माण कम्पनी संग कुरा गरे लगतै उनीहरुले निर्माणमा जडान भएका फ्रान्सस्थित उत्पादन कम्पनीले समेत निरिक्षण गरे पछि मर्मतका लागि तयार भएको अध्यक्ष गुरूङले बताए ।

उनले भने–“यो ठूलो समस्यामा रहेको थियो । मैले निर्माण कम्पनीलाई गुहारे । अन्ततः उनीहरुको विशेषज्ञ टोलीले समेत यसलाई समस्याको रुपमा देखायो । अन्ततः उनीहरु मर्मत गर्न तयार भए ।” सो मर्मत कार्य सम्पन्न गर्न साढे ३ करोड देखि ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ । विगतमा राखिएका डेकिङ सिटलाई स्थान्तरण गर्दै कम्पनीले स्टिलको डेकिङ सिट जडान गर्न लागेको हो ।

देशकै ठूलो स्टेडियममा निर्माण सम्पन्न भए पछि पनि ठूला प्रतियोगिताहरु आयोजना हुन भने सकेका छैनन् । आहा रारा पोखरा गोल्ड कप र केही स्थानिय प्रतियोगिताहरु मात्रै सञ्चालन हुँदा पोखरेलीहरु अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन नहुँदा चिन्तित छन् । विशेष गरी स्टेडियममा फल्ड लाइट नहुँदा एन्फा लगायत अन्य संस्थाले पोखरा फुटबल स्टेडियममा प्रतियोगिता आयोजना गर्न रुची नदेखाएका हुन् ।

तर अव फल्ड लाइटको समस्या पनि समाधान हुने अध्यक्ष गुरूङले बताए । फल्ड लाइट जडानका लागि विभिन्न निकायमा आफूले कुरा अघि सारेको बताउँदै अब फल्ड लाइट जडान संगै स्टेडियमले नयाँ स्वरुप पाउने उनको भनाई छ ।

सो फुटबल स्टेडियम २०७५ सालमा निर्माण सुरू गरिए पनि २०७९ सालमा निर्माण सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close