
पोखरा स्पोर्टस । एसीसी यू-१६ इष्ट जोन कप जित्ने नेपाली टिमका प्रमुख सदस्य सुशील रावललाई सुदूरपश्चिम रोयल्सले एक लाख सहयोग गरेको छ ।
एनपीएल फ्रेन्चाईजी सुदूरपश्चिमले एसीसी यू-१६ इष्ट जोन कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सुशीललाई एक लाख सहयोग गरेको हो ।
सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले सुशीललाई एक लाख नगद हस्तान्तरण गरेका छन् ।
