
पोखरा स्पोर्टस । गण्डकीमा महिला यू–१७ फुटबल खेलाडी छनौट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यक्रम अन्तर्गत प्रदेश फुटबल संघले छनौट प्रक्रिया सुरू गर्ने भएको हो ।
गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङका अनुसार गण्डकी प्रदेशको यू–१७ छनौट असार ३२ र साउन १ गते पोखरा रंगशालामा हुने गरी तय गरिएको पोखरा स्पोर्टसलाई जानकारी दिए ।
महिला युवा खेलाडीहरुका लागि यो महत्वपूर्ण अवसर रहेको जनाउँदै महासचिब गुरूङले ११ वटै जिल्लाबाट छनौट भएका खेलाडीहरुको अन्तिम छनौट पोखरामा तय गरिएको बताए ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा मिति २०८२ भदौ ४ देखि १५ गते सम्म भुटानमा सञ्चालन हुने ‘यू–१७ महिला साफ च्याम्पियनसिप’ का लागि खेलाडी छनौट गर्न लागिएको महासचिब गुरूङले जानकारी दिए ।
गण्डकीबाट छनौट भएका खेलाडीहरुको अन्तिम चरणको छनौट काठमाण्डौमा हुनेछ ।
