
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत सम्पन्न तेक्वान्दो तर्फ बागलुङले ३ स्वर्ण र ३ रजत हात पार्दै प्रथम भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भएका ६ खेल मध्ये तेक्वान्दोमा बागलुङले सर्वाधिक मेडल जित्न सफल भएको हो ।
तेक्वान्दो तर्फ समग्रमा बागलुङ ३ स्वर्ण र ३ रजत सहित प्रथम हुँदा पर्वत १ स्वर्ण, १ रजत र २ कास्य सहित दोस्रो र कास्की १ स्वर्ण, १ रजत १ कास्य सहित तेस्रो भएको छ । समग्रमा म्याग्दी १ स्वर्ण र ४ कास्य सहित चौथो बन्दा नवलपुर १ रजत र १ कास्य सहित पाँचौ र गोरखा ४ कास्य सहित छैटौं भएको छ ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई प्रदेश निति तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारी, गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङ, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
