इङल्याण्डको भारतविरुद्ध उत्कृष्ट शुरुवात, पहिलो दिन बनायो २५१ रन

पोखरा स्पोर्टस ।  इङल्याण्डले भारतविरुद्धको तेस्रो टेस्ट खेलमा उत्कृष्ट शुरुवात गरेको छ ।

लर्ड्स क्रिकेट मैदानमा शुरु भएको टेस्टको पहिलो दिन इङल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै ४ विकेट गुमाएर २५१ रन बनाएको छ ।

इङल्याण्डका जो रुट ९९ र कप्तान बेन स्टोक्स ३९ रन बनाएर खेलिरहेका छन् । दुवैबीच पाँचौं विकेटका लागि ७९ रनको साझेदारी भएको छ । यस अघि ओपनर ज्याक क्रवलीले १८, बेन डकेटले २३, ओली पोपले ४४ र ह्यारी ब्रुकले ११ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर नितिश कुमार रेड्डीले २ विकेट लिए भने जसप्रित बुमराह र रविन्द्र जडेजाले एक-एक विकेट लिएका थिए ।

इङल्याण्ड र भारतबीचको ५ खेलको टेस्ट सिरिज १-१ को बराबरीमा रहेको छ । यसअघि पहिलो टेस्ट इङल्याण्डले र दोस्रो टेस्ट भारतले जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close