
पोखरा स्पोर्टस । सुदुर पश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा हुने ‘तेश्रो राष्ट्रिय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता’को रेफ्रि संयोजकमा टहल सिंह थापालाई मनोनयन गरिएको छ ।
माघ १४ देखि २० गते सम्म सुदुरपश्चिम प्रदेश कैलालीको धनगढीमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल भलिबल संघले थापालाई रेफ्रि संयोजकको जिम्मेवारी दिएको हो । संघले उनलाई अभिलेखीकरण भएका रेफ्रिहरुलाई प्रतियोगितामा समावेश गर्न निर्देशन समेत दिएको छ ।
अन्तर्राष्ट्रिय भलिबल रेफ्रि थापाले हालै काठमाण्डौमा सम्पन्न विरजंग स्मृती भलिबल प्रतियोगिता, पोखरामा सम्पन्न लामाचौर कप, टाइगर कप चौथो सस्करण, बुकि कप, काभा उमेन्स च्यालेन्ज कपको फाइनल म्याचलगायत नेपाल भलिबल संघको स्विकृतीमा सम्पन्न विशिष्ट भलिबल प्रतियोगिताहरुमा समेत रेफ्रि संयोजकको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
थापा गण्डकी प्रदेश भलिबल संघका महासचिब समेत् हुन् ।
