फ्रेन्च क्लब लियोनको रेलिगेसन निर्णय फिर्ता

पोखरा स्पोर्टस ।  फ्रेन्च क्लब ओलम्पिक लियोन आउने सिजनमा रेलिगेसन नहुने भएको छ । क्लबको आर्थिक अवस्थाका कारण फ्रेन्च लिग-२ मा रेलिगेसनमा परेको लियोनले गरेको अपिलमाथिको सुनुवाईमा रेलिगेसन नहुने निर्णय भएको हो ।

फ्रेन्च फुटबल फेडेरेसनले लियोनको नयाँ आर्थिक प्रस्तावमा कन्भिन्स हुदै रेलिगेसन गर्ने यसअघिको निर्णय फिर्ता लिएको छ ।

लियोन गत नेभोम्बरमा क्लबको २०० मिलियन डलर भन्दा बढी ऋणका कारण र आर्थिक अनुशासन नगरेको आरोपमा रेलिगेसनमा परेको थियो । लियोनले क्लबको आर्थिक अवस्थामा सुधार ल्याउन केहि खेलाडीलाई बेचेको समेत थियो ।

गत सिजनमा लियोन फ्रेन्च लिग वानमा छैटौं स्थानमा आएको थियो । लियोनले सात पटक लिग वानको उपाधि जितेको छ । त्यस्तै पाँच पटक फ्रेन्च कप जितेको छ । त्यस्तै २०२० मा लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close