
पोखरा स्पोर्टस । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा न्यू इङल्याण्डलाई पराजित गरेको छ ।
विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा दुवै गोल लियोनेल मेसीले गरेका हुन् । मेसीले खेलको २७औं र ३८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै न्यू इङल्याण्डका लागि खेलको ८०औं मिनेटमा कार्लेस गिलले एक गोल फर्काएका थिए ।
