दक्षिण अफ्रिकाका ब्याट्सम्यान मुल्डरले बनाए कीर्तिमानी ३६७ रन

पोखरा स्पोर्टस ।  दक्षिण अफ्रिकाका ब्याट्सम्यान वियान मुल्डरले टेस्ट इतिहासको दोस्रो सबैभन्दा छिटो तेहोरो शतक बनाएका छन् । मुल्डरले जिम्बाब्वेविरुद्धको दोस्रो टेस्ट म्याचको दोस्रो दिन टेस्ट इतिहासको दोस्रो सबैभन्दा छिटो तेहोरो शतक बनाएका हुन् । 

दक्षिण अफ्रिकाका कप्तान समेत रहेका मुल्डरले जिम्बाब्वेविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै २९७ बलमा आफ्नो तेहोरो शतक पूरा गरेका थिए । मुल्डरले ३३४ बलमा ४९ चौका र चार छक्काको मद्दतले ३६७ रन बनाएपछि अविजित रहे, जसका कारण दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर ६२६ रनमा आफ्नो पहिलो इनिङ घोषणा गर्‍यो।

मुल्डर टेस्टमा तेहोरो शतक बनाउने दोस्रो दक्षिण अफ्रिकी ब्याट्सम्यान हुन् । उनीभन्दा पहिले हाशिम अमलाले २०१२ मा इङ्गल्याण्डविरुद्ध अविजित ३११ रन बनाएका थिए । 

मुल्डरले यो इनिङ्सबाट धेरै रेकर्ड बनाए । कप्तानको रूपमा डेब्यूमा त्रिशतक बनाउने उनी पहिलो ब्याट्सम्यान बने । उनले कप्तानको रूपमा डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने मामिलामा न्यूजील्याण्डका ग्राहम डोवलिंगलाई पछाडि पारे, जसले १९६९ मा भारत विरुद्ध २३९ रन बनाएका थिए ।

यसका साथै, मुल्डर दक्षिण अफ्रिकाको लागि कप्तानको रूपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । यस सन्दर्भमा उनले २००३ मा इङ्गल्याण्ड रुद्ध २७७ रन बनाएका ग्रीम स्मिथलाई पछि पारे । मुल्डर २७ वर्ष १३८ दिनको उमेरमा तेहेरो शतक बनाउने सबैभन्दा कान्छो टेस्ट कप्तान बनेका छन् । उनले १९६४ मा २८ वर्षको उमेरमा इङ्गल्याण्ड विरुद्ध ३११ रन बनाएका अष्ट्रेलियाका पूर्व कप्तान बब सिम्पसनको ६१ वर्ष पुरानो रेकर्ड तोडेका छन् ।

त्यस्तै टेस्ट क्रिकेटको एक इनिंगमा मुल्डरले बनाएको यो पाँचौ धेरै रन हो । टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका पुर्व महान खेलाडी ब्रायन लाराले २००४ मा इङल्याण्डविरुद्ध सबैभन्दा बढी ४०० रन बनाएका छन् । लारापछि अस्ट्रेलियाका म्याथ्यु हेडेनले जिम्बाबेविरुद्ध २००३ मा ३८० रन बनाएका थिए । 

त्यस्तै यस सूचीमा तेस्रो स्थानमा ब्रायन लारा नै छन् । लाराले इङल्याण्डविरुद्ध १९९४ मा ३७५ रन बनाएका थिए । त्यस्तै चौथो स्थानमा श्रीलंकाका महिला जयवर्धनेले २००६ मा दक्षिण अफ्रिकाविरुद्ध ३७४ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close