इङल्याण्ड टेस्ट क्रिकेटमा जोफ्रा आर्चरको चार बर्षपछि कमब्याक

पोखरा स्पोर्टस ।  इङल्याण्डले बिहीबारदेखि लर्ड्स क्रिकेट स्टेडियममा हुने भारतविरुद्धको तेस्रो टेस्टको लागि प्लेइङ-११ को घोषणा गरेको छ ।

इङल्याण्डले आफ्नो टिममा एक परिवर्तन गरेको छ । फास्ट बलर जोश टङ्गुलाई बाहिर राखिएको छ र जोफ्रा आर्चरलाई स्थान दिइएको छ । 

भारत र इङल्याण्डबीचको पाँच खेलको टेस्ट सिरिज हाल १-१ को बराबरीमा छ । इङल्याण्डले लिड्समा पाँच विकेटले जित हासिल गरेको थियो भने भारतले एजबास्टनमा ३३६ रनले जित हासिल गरेर सिरिज बराबरी गरेको थियो ।

इङल्याण्डले दुई खेलमा टिमबाट सबैभन्दा बढी ११ विकेट लिएका टङ्गुलाई बाहिर राख्ने निर्णय गरको छ । उनको स्थानमा आर्चरले चार वर्षपछि इङल्याण्डको टेस्ट टिममा कमब्याक गरेका छन् । उनले अन्तिम पटक फेब्रुअरी २०२१ मा भारतविरुद्ध टेस्ट खेल खेलेका थिए ।

आर्चरको आगमनले इङल्याण्ड राहत मिलेको छ । तर लामो समय इन्जुरीका कारण नियमित क्रिकेट नखेलेका आर्चरको प्रदर्शनमा अनेक आशंका रहेका छन् । २०१९ मा इङल्याण्डबाट टेस्ट डेभ्यु गरेका आर्चरले अहिलेसम्म केवल १३ खेल खेलेर ४२ विकेट लिएका छन् ।

लर्ड्स टेस्टको लागि इङल्याण्डको प्लेइङ-११: बेन स्टोक्स (कप्तान), ज्याक क्राउली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रुक, जेमी स्मिथ (विकेटकिपर), क्रिस वोक्स, ब्रायडन कार्स, जोफ्रा आर्चर र शोएब बशीर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close