ललितपुर मेयरकप फुलकन्ट्याक्ट करातेमा गण्डकीलाई चार पदक

पोखरा स्पोर्टस । दोश्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय कराते प्रतियोगितामा गण्डकी प्रदेशले चारवटा पदक जितेको छ ।

उक्त प्रतियोगिताका रेफ्रि समेत रहेका कृष्ण नेपालीका अनुसार पुरुष खुला तौल समुहतर्फ रुपक नेपालीले स्वर्ण पदक जितेका छन् । रुपकले फाइनल भिडन्तमा नेपाली सेनाका शनी सिंह सुनारलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । शुक्रबार र शनिबार गरी दुई दिन सम्म जारी प्रतियोगितामा पुरुष ६० केजी तौलमा सञ्जय कुमार गुप्ताले रजत पदक जितेका छन् । त्यसै गरी पुरुष ५५ केजीतर्फ रोशन घतानेले रजत पदक जितेको प्रशिक्षक नेपालीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

महिलातर्फ एक मात्र पदक ५५ केजी तौलतर्फ मिम मायाँ दर्लामीले जित्न सफल भएकी छन् ।

पदक जितेर आएको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले स्वागत गरेका थिए । उक्त टोलीमा सिनियर प्रशिक्षक शिव गुरुङ समेत रहेका थिए । प्रतियोगितामा दुई प्रशिक्षक सहित १४ खेलाडीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close