शिभाली गुरुङ युरोपका चार टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै

पोखरा स्पोर्टस । नेपाली जुनियर टेनिस खेलाडी शिभाली गुरुङले युरोपमा आयोजना हुने चारवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागी हुने भएकी छिन् । ग्रान्ड स्लाम प्लेयर डेभलप्मेन्ट प्रोग्राम अन्तर्गत आईटीएफरएटीएफ यु–१४ टिम टु युरोप कार्यक्रममा सहभागी हुँदै शिभालीले फ्रान्स, जर्मनी र बेल्जियममा प्रतिस्पर्धा गर्नेछिन् ।

शिभालीले फ्रान्समा दुई, जर्मनी र बेल्जियममा समान एक–एक गरी कुल चार प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसअघि उनी जुलाई ११ देखि १३ सम्म फ्रान्सको पेरिसमा आयोजना हुने विशेष प्रशिक्षण शिविरमा सहभागी हुनेछिन् ।

प्रतियोगिता तालिका 
जुलाई १४–२०ः ओपन स्टेड फ्रेङक्यास, पेरिस, फ्रान्स
जुलाई २१–२७ः टेनिस युरोप, एन्सी, फ्रान्स
जुलाई २८–अगस्ट ३ः इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेन, डुरेन, जर्मनी
अगस्ट ४–१०ः यङ च्याम्पियनसिप कप, बेल्जियम

शिभाली बुधबार युरोप प्रस्थान गर्दैछिन् ।  नेपाल टेनिस संघका अनुसार एशियाबाट ६ पुरुष र ६ महिलामात्रै छनोटमा परेका थिए, जसमा शिभाली एशियाली वरीयतामा चौथो स्थानमा रहँदै छनोटमा पर्ने एकमात्र नेपाली खेलाडी बनेकी हुन् ।

नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सदस्यहरू अजय विष्ट र निरेश श्रेष्ठ लगायतले मंगलबार राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा शिभालीलाई बिदाइ गरेका थिए ।

यो सहभागिता नेपाली टेनिसको इतिहासमै एक ऐतिहासिक उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close