रियल म्याड्रिड र पिएसजी फिफा क्लब विश्वकपको सेमिफाइनलमा

पोखरा स्पोर्टस । रियल म्याड्रिड र पिएसजी जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न खेलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड सेमिफाइनलमा पुग्दा पिएसजीले बायर्न म्युनिखलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

रियल म्याड्रिडको जितमा गोन्जालो गार्सिया, फ्रान गार्सिया र किलीयन एम्बाप्पेले एक–एक गोल गरेका थिए । त्यसैगरी डोर्टमण्डका लागि म्याक्सीमिलानी बेइएर र सेरहोउ गुइरासीले एक–एक गोल गरेका थिए ।

त्यसैगरी यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा रियल म्याड्रिडका डीन हुइजसेनले रातो कार्ड पाएका थिए ।

अब सेमिफाइनलमा रियल म्याड्रिडले पीएसजीको सामना गर्ने छ । यो खेल जुलाई ९ मा हुने छ ।

यता पिएसजीको जितमा डिजायर डोउ र ओसमान डेम्बेलेले एक-एक गोल गरेका थिए ।

त्यस्तै यस खेलमा खेलको ८२ र ९२औं मिनेटमा पिएसजीका खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ८२औं मिनेटमा विलियन पाचोले र खेलको ९२औं मिनेटमा लुकास हर्नानडेजले रातो कार्ड पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close