
पोखरा स्पोर्टस । एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भए संगै इतिहास रच्नबाट चुकेको छ । उज्बेकिस्तान नेपाललाई पेनाल्टी सुटआउटमा हराउदै एएफसी महिला एसियन कपमा छनोट भएको छ ।
पेनाल्टी सुट आउटमा उज्बेकिस्तान ४–२ ले विजयी भएको हो । नेपालका लागि सावित्रा भण्डारी र गोलकिपर अन्जना राना मगरले पेनाल्टी मिस गरेका थिए ।
यस अघि खेलको दोस्रो मिनेटमै शुरुवाती गोल गरेको उज्बेकिस्तानले खेलको १२औं मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसपछि खेलको २४औ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल गरेकी थिइन् । त्यसपछि उज्बेकिस्तानले खेलको ३९औं मिनेटमा पेनाल्टीबाट गोल गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानकी खेलाडीले रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो । खेलको दोस्रो हाफमा नेपालले दुई खेल गर्दै खेलमा फर्किएको थियो । निर्धारित ९० मिनेटसम्म ३-३ गोलको बराबरीमा भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
