गण्डकी प्रदेश भलिबल संघको सल्लाहकारमा केसीको मनोनयन

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघले आफ्नो सल्लाहकारमा राजु केसीलाई मनोनयन गरेको छ ।

संघको हालै सम्पन्न तेश्रो बैठकले केसीलाई सल्लाहकारमा मनोनयन गरेको संघका अध्यक्ष नविन गुरुङले जानकारी दिएका हुन् । भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका केसी स्याङजा विरुवा गाउँ पालिका वडा नं ८ का स्थायी वासिन्दा केसी हाल अमेरिका रहेका छन् ।

अमेरिकामा रहेर खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तित्व केसीलाई गण्डकी प्रदेश भलिबल संघको सल्लाहकारमा मनोनयन गर्नु पाउनु खुसीको कुरा रहेको बताउँदै अध्यक्ष गुरुङले उनले विगतमा समेत गण्डकी प्रदेशको भलिबल विकास र खेलाडीहरुका लागि सहयोग गर्दै आइरहेको बताए । उनले भने–“उहाँ जस्तै धेरै राष्ट्रिय खेलाडीहरु विश्वभरी छरिएर रहनु भएको छ । नेपालको भलिवल खेललाई आफूले सक्दो सहयोग पनि गर्दै आउनु भएको छ । हामी पूर्व राष्ट्रिय खेलाडी केसी जस्तै व्यक्तित्वहरुलाई संघमा मनोनयन गरेर उहाँहरुको योगदानको कदर गर्न चाहन्छौं ।

यस संगै संघले गल्कोट समाज नागोया, जापानका निवर्तमान अध्यक्ष तथा र एन.आर.एन.ए जापानका केन्द्रीय सदस्य राम बहादुर थापा (काजी) र सुभाष लामिछानेलाई सल्लाहकारमा मनोनय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close