
पोखरा, १७ चैत । क्रोसियामा आइएसएफ वल्र्ड यू–१५ महिला भलिबलको पहिलो खेलमा नेपालको न्युडायमण्ड एकेडेमी २–० को सोझो सेटमा पराजित भएको छ ।
अग्ला–अग्ला कदका निदरल्याण्डका खेलाडीसँग नेपालको न्युडायमण्डले २५–७ को सेटमा पहिलो गुमाएका थिए । दोश्रो सेटमा भने सम्हालिएको प्रदर्शन गरेको न्युडायमण्डले कडा चुुनौती दिएपनि २५–२० को प्रतिस्पर्धात्मक स्कोरमा खेल गुमायो ।
न्यु डायमण्डका प्रशिक्षक कुमार राईले पहिलो सेटमा खेलाडीहरु अत्तिएका कारण दाोश्रो सेट जस्तो पहिलो सेट प्रतिस्पर्धात्मक बन्न सकेन् । ‘हामीले खेल्ने र यहाँको भौतिक पूर्वाधर धेरै भिन्नता छ, खेलाडीहरु अत्तिए जसले गर्दा पहिलो सेटमा भने जस्तो खेल खेल्न हुन सकेन’ प्रशिक्षक राइले भने– ‘म खुसी छु, त्योे स्तरको खेलमा हाम्रा खेलाडीले कडा प्रतिस्पर्धा गदै २० स्कोर सम्म पुर्याए ।’
प्रतियोगिताको उद्घाटनमा नेपालकी कप्तान सेटर सजिना श्रेष्ठले सम्पूर्ण खेलाडीको तर्फबाट सपथ लिने कार्यक्रम रहेको छ । न्यू डायमण्डले सोेमवार फ्र्रान्ससँग खेल्ने छ ।
