चेल्सी र फ्लुमिनेन्स फिफा क्लब विश्वकपको सेमिफाइनलमा

पोखरा स्पोर्टस । चेल्सी र फ्लुमिनेन्स क्लब जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेका छन् ।

शनिबार बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा ब्राजिलियन क्लब पाल्मिरासलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले एक गोल गरेका थिए भने एक गोल पाल्मिरासका अगस्टिन गियाले आत्मघाती गोल गरेका थिए । त्यस्तै पाल्मिरासका लागि एक गोल एस्टेभाओले गरेका थिए ।

अब चेल्सीले सेमिफाइनलमा अर्को ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्ने छ । सेमिफाइनल खेल जुलाई ८ मा हुने छ । त्यस्तै हारसँगै पाल्मिरासको विश्वकप यात्रा समाप्त भएको छ ।

त्यस्तै ब्राजिलियन क्लब फ्लुमिनेन्स जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा फ्लुमिनेन्सले साउदी प्रो लिग क्लब अल हिलाललाई २१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

फ्लुमिनेन्सको जितमा माथ्युज मार्टिनेली र हर्कुलसले एक एक गोल गरेका थिए ।

त्यस्तै अल हिलालका लागि एक गोल मार्कस लियोनार्दोले गरेका थिए । यो हारसँगै अल हिलालको क्लब विश्वकप यात्रा टुंगिएको छ । अब सेमिफाइनलमा फ्लुमिनेन्सले चेल्सी र पाल्मिरासबीचको विजेतासँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close