नेपाल साइक्लिङ संघको अधिवेशन विवादमा, संयोजक पौडेलको मनोमानी, गण्डकीको प्रतिनिधित्व अनिश्चित हुँदा परिषद रुष्ट

पोखरा स्पोर्टस । नेपाल साइक्लिङ संघको अधिवेशन विवादमा परेको छ । संघको निर्वाचनको जिम्मेवारी पाएका संयोजक सुदिप पौडेलले एकलौटी रुपमा निर्णय गर्दै असार २१ गते अधिवेशन बोलाए पछि विवादमा परेको हो । संयोजक पौडेलले साइक्लिङ खेलको उर्वर थलो गण्डकी प्रदेशलाई प्रतिनिधि विहिन बनाउँदै गर्दै मनोमानी रुपमा अधिवेशन बोलाए संगै प्रदेश खेलकुद परिषद गण्डकी समेत रुष्ट बनेको छ ।

संयोजक पौडेल तनहुँ जिल्ला सइक्लिङ संघका अध्यक्ष समेत् हुन । दुई वर्ष अघि गठन भएको उनी नेतृत्वको जिल्ला साइक्लिङ संघले कुनै पनि गतिविधि, बैठक, भेला र साधारण सभा समेत गर्न नसके पछि जिल्ला खेलकुद विकास समिति तनहुँले हालै खारेज समेत गरेको छ ।

भोली हुने अधिवेशन विरुद्ध गण्डकी प्रदेश सइाक्लिङ संघले मात्रै नभई प्रदेश खेलकुद परिषद गण्डकीले समेत राष्ट्रिय खेलकुद परिषदमा उजुरी हाले संगै अधिवेशन के हुने हो भन्ने अनिश्चित समेत बनेको छ ।

प्रदेश खेलकुल परिषदले राष्ट्रिय खेलकुद परिषदलाई एक पत्र लेख्दै अधिवेशनमा गण्डकीको सहभागिता सुनिश्चित गराउन भन्दै राखेपमा पत्रमार्फत उजुरी दर्ता गराएको छ । प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माद्वारा हस्ताक्षरित पत्रमा गण्डकी प्रदेश साइक्लिङ संघ विधिवत र खेलकुद विकास ऐन अनुसार गठन भएको जनाउँदै गण्डकीको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।

प्रदेश खेलकुद परिषदले गण्डकी प्रदेश साइक्लिङ संघमार्फत आएको गुनासोका आधारमा आधिकारिक र विधिसम्मत रूपमा दर्ता भई सञ्चालनमा रहेको संघलाई अधिवेशन तथा साधारण सभामा सहभागिता र मताधिकार सुनिश्चित गराउन पत्रमा उल्लेख गरिएको छ । आधिकारिक रुपमा दर्ता रहेका प्रदेश खेल संघहरुको प्रतिनिधित्वविना हुने अधिवेशनको औचित्य र वैधानिकता नै नरहने उल्लेख गर्दै, परिषद्ले प्रदेश तथा जिल्ला प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न राखेपलाई अनुरोध समेत गरेको छ।

परिषदले पठाएको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७, त्यसअन्तर्गत बनेका नियमावलीहरू एवं प्रदेश खेलकुद सम्बन्धी कानुनी प्रावधानका आधारमा, सदस्य सचिव शर्मा र नेपाल साइक्लिङ संघका आधिकारिक प्रतिनिधि सुदीप पौडेलको रोहवरमा २०८१ जेठ १८ गते गण्डकी प्रदेश साइक्लिङ संघ गठन गरिएको जनाउँदै सो भेलाबाट दीपकबाबु कँडेलको अध्यक्षतामा संघ गठन गरिएको र मिति २०८१ चैत १२ गते सम्पन्न अधिवेशन तथा साधारण सभाबाट अशोक चालिसेको अध्यक्षतामा पुनर्गठनसमेत भएको परिषद्ले स्पष्ट पारेको छ।

राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठकबाट गठन भएको तदर्थ समितिले मिति २०८२ असार २१ गते अधिवेशन तथा साधारण सभा आयोजना गर्ने तयारी गरेको सुनिएको र सो अधिवेशनमा गण्डकी प्रदेश साइक्लिङ संघ र त्यसअन्तर्गत विधिवत् गठन भइसकेका जिल्ला संघलाई सहभागी नगराइने भएको भन्दै पत्रमा आशंका व्यक्त गरिएको छ ।

नेपाल साइक्लिङ संघका संयोजक पौडेल तनहुँका हुन् । नेपाली काँग्रेस निकट उनी भोली हुने संघको अधिवेशनको अध्यक्षको दावेदार समेत हुन् । गण्डकी प्रदेश साइक्लिङ संघ र प्रदेशका विभिन्न जिल्लामा गठित जिल्ला संघहरु उनको विरुद्धमा रहेको आशंका व्यक्त गर्दै गण्डकीलाई नै अधिवेशनबाट प्रतिनिधि विहिन बनाएको प्रदेश साइक्लिङ संघका पदाधिकारीहरुले पोखरा स्पोर्टसलाई बताएका छन् । उनीहरुले भनेका छन्–“सुदिपजीले ठूलो भूल गर्दै हुनुहुन्छ । आफ्नै प्रदेशका लाई समेटेर लैजानु पर्नेमा प्रतिनिधि विहिन बनाउनु उहाँको कमजोरी हो ।”

सो विषयमा पोखरा स्पोर्टसले पटक–पटक फोन गर्दा व्यस्त रहेको भन्दै संयोजक पौडेलले कुनै जवाफ दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close