पोखरेली मञ्च यूकेद्वारा ‘आठौं पिपल नेपाल कप टी–२० क्रिकेट’को तयारी सुरू

पोखरा स्पोर्टस ।   पोखरेली मञ्च यूकेले आयोजना गर्ने आठौं संस्करणको पिपल नेपाल कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी सुरू भएको छ । आगामी जुलाई ६ तारिखका दिन उद्घाटन खेलबाट प्रतियोगिता सुरु हुने पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरूङ ‘केभ’ले जनाएका छन् । 

खेल जुलाई ९ मा पनि हुनेछ भने सेमिफाइनल र फाइनल खेलहरू जुलाई १३ मा आयोजना गरिने छन् । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता  पोखरेली मञ्च यूकेले निरन्तर गराउँदै आएको प्रमुख खेलकुद आयोजनामध्ये एक हो । रेडिङ क्रिकेट एण्ड हक्की क्लब, सोनिङ लेन, रेडिङमा सम्पन्न हुने प्रतियोगितामा कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिस्पर्धी टिमहरू 

  • खुकुरी क्रिकेट क्लब

  • माया क्रिकेट क्लब

  • हिमालयन क्रिकेट क्लब

  • नयाँ युवा क्रिकेट क्लब

  • गोर्खा क्रिकेट क्लब

  • रमाइलो क्रिकेट क्लब

  • मिडल्याण्ड्स वारियर्स क्रिकेट क्लब

  • क्वीन्स गोर्खा सिग्नल्स

  • माया क्रिकेट क्लब (बी)

  • वीन्चेष्टर क्रिकेट क्लब

  • वुल्भरह्याम्पटन वारियर्ज क्रिकेट क्लब

  • एभरेष्ट क्रिकेट क्लब

पोखरेली मञ्च यूकेका अध्यक्ष गुरुङका अनुसार, यस वर्ष प्रतियोगिताको पुरस्कार राशी पनि उल्लेखनीय रूपमा वृद्धि गरिएको छ । प्रतियोगितामा विजेता टिमलाई २ हजार पाउण्ड नगद, ट्रफी र मेडलसहित पुरस्कार दिइनेछ भने दोस्रो हुने टिम (रनरअप) ले एक हजार पाउण्ड नगद, ट्रफी र मेडल प्राप्त गर्ने  छन् ।

व्यक्तिगत प्रदर्शनतर्फ उत्कृष्ट खेलाडीहरूलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्लेयर अफ द टुर्नामेन्ट हुने खेलाडीलाई ३०० पाउण्ड र ट्रफी, वेष्ट बलर अफ द सिरिजलाई २५० पाउण्ड नगद र ट्रफी तथा वेष्ट ब्याट्सम्यान अफ द सिरिज हुनेलाई २५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगिताले यूकेस्थित नेपाली समुदायमा खेलकुदमार्फत आपसी भाइचारा र एकताको सन्देश फैलाउँदै आएकोले पनि महत्वपूर्ण प्रतियोगिताको रुपमा लिने गरिएको अध्यक्ष गुरूङले जनाएका छन् ।

प्रतियोगिताको तयारी र सन्दर्भ बारे जानकारी दिंदै अध्यक्ष गुरुङले नेपाली यूवाहरुलाई खेलकुदमार्फत सामाजिक अभियानमा डोर्याउन भूमिका खेल्ने बताए । उनले भने–“यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन ।  हामीले नेपाली यूवाहरुलाई एक ठाउँमा भेला गराई भाइचारको सम्बन्ध कसिलो बनाउने संगै सामाजिक अभियानमा काँधमा काँध मिलाउन पनि यसले भूमिका खेल्नेछ ।”  

नेपाली यूवाहरु माझ लोकप्रिय प्रतियोगिता मध्येको एकलाई मुख्य प्रायोजन पिपल मोर्गेजका प्रवन्ध निर्देशक सूर्य गुरुङले गरेका छन् । सातौं संस्करणको उपाधि माया क्रिकेट क्लबले जितेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close