भारतविरुद्ध इङल्याण्डको खराब शुरुवात

पोखरा स्पोर्टस ।  इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारतीय बलरले उत्कृष्ट शुरुवात गरेका छन् ।

टेस्टको दोस्रो दिनको खेल सकिदा भारतले इङल्याण्डका तीन ब्याट्सम्यानलाई आउट गरेका छन् ।  इङल्याण्डले ३ विकेट गुमाउदै ७७ रन बनाएको छ । इङल्याण्डका लागि जो रुटले १८ र ह्यारी ब्रूकले ३० रन बनाएर खेलिरहेका छन् ।

यस अघि भारतले पहिलो इनिंगमा ५८७ रनमा अल आउट भएको थियो । टेस्ट खेलको दोस्रो दिन भारत ५८७ रन बनाएर अल आउट भएको हो ।

भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक २६९ रन बनाएर आउट भएका थिए । गिलको टेस्ट क्रिकेटमा यो पहिलो दोहोरो शतक हो । त्यसैगरी भारतका लागि रविन्द्र जडेजाले ८९ रन बनाएका थिए भने यशस्वी जैसवालले ८७ रन र वाशिंगटन सुन्दरले ४२ र ऋषव पन्तले २५ रन बनाएका थिए ।

त्यसैगरी भारतका बलर शोयब बशीरले ३ विकेट लिए भने क्रिस वोक्स र जोस टंगले २-२ विकेट लिए । त्यसैगरी ब्राइडन कार्स, जो रुट र बेन स्टोक्सले एक एक विकेट लिए । अब इङल्याण्डले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गर्दैछ ।

५ खेलको टेस्ट सिरिजमा इङल्याण्डले पहिलो टेस्ट जितेर १-० ले अगाडी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close