इङल्याण्डविरुद्ध कप्तान गिलको दोहोरो शतक

पोखरा स्पोर्टस ।  भारतीय टेस्ट कप्तान शुभमन गिलले इङल्याण्डविरुद्ध जारी टेस्ट खेलमा दोहोरो शतक प्रहार गरेका छन् ।

इङल्याण्डविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन कप्तान गिलले आफ्नो दोहोरो शतक पुरा गरेका हुन् ।

उनको टेस्ट क्रिकेटमा यो पहिलो दोहोरो शतक हो । कप्तान गिलले २२२ रन बनाएर पिचमा जमेका छन् ।

साथै इङल्याण्डमा कुनै पनि भारतीय खेलाडीले २३ बर्षपछि दोहोरो शतक प्रहार गरेका छन् । यस अघि २००२ मा राहुल द्रविडले २१७ रन बनाएका थिए ।

यो समाचार तयार गरुन्जेल भारतले दोस्रो दिन ६ विकेट गुमाएर ४८२ रन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close