गण्डकी प्रदेशस्तरीय स्क्वासमा आभान र सृष्टिका बने च्याम्पियन (भिडियोसहित)

पोखरा स्पोर्टस । पोखरामा बुधबार सम्पन्न गण्डकी प्रदेशस्तरीय स्क्वासमा आभान श्रेष्ठ र .सृष्टिका उदास च्याम्पियन बनेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा गण्डकी प्रदेश स्क्वास तथा र्‍याकेट संघको आयोजना सम्पन्न प्रतियोगितामा पुरूषतर्फ आभान र महिलातर्फ सृष्टिका च्याम्पियन बनेका हुन् ।

सेमीफाइनल र फाइनल खेल राउण्ड रोविनका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा आभानले आफ्ना कुल तीन खेलमा तीनमा नै जित हात पार्दै कुल ३ अंकका साथ च्याम्पियन बने ।

उनले च्याम्पियन भए संगै नगद ८ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

त्यस्तै पुरुषतर्फ राजु श्रेष्ठ २ अंकका साथ उपविजेता बने । उनले मेडल तथा प्रमाणपत्रका साथमा नगद रु ५ हजार प्राप्त गर्दा प्रतियोगितामा नवराज श्रेष्ठ  १ अंकका साथ र एक गुरूङ तेस्रो बने । उनीहरु दुबैले जनही नगद रु ३–३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल रहे ।

यता महिलातर्फ च्याम्पियन बनेकी सृष्टिकाले नगद रु ८ हजार हात पारिन् । त्यस्तै निस्था श्रेष्ठ उपिबिजेता बन्दा करिस्मा ओली र इप्सा घिमिरे तेस्रो भएका छन् । उपविजेता बनेकी निस्थाले नगद रु ५ हजार र तेस्रो स्थान प्राप्त करिस्मा र इप्साले जनही नगद रु ३–३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

बिजेता खेलाडी, सहभागि तथा प्रतियोगिताका रेफ्रिहरुलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री थापाले स्क्वास खेलको विकासका लागि आफ्नो प्रतिवद्धता जनाउँदै प्रदेश सरकार खेलकुद विकासलाई अग्रगति दिन चाहेको बताए । उनले खेलकुद स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रको गरिमा बढाउने संगै पर्यटन र आर्थिक समृद्धिका लागि समेत उत्तिकै महत्व राख्ने जनाए ।

गण्डकी प्रदेश स्क्वास संघका अध्यक्ष अशोक रञ्जितको अध्यक्षतामा भएको समापन कार्यक्रममा कास्की स्क्वासका अध्यक्ष प्रविन पालिखे, नेपाल स्क्वास संघका केन्द्रिय  सदस्य सन्तोष घिमिरे, गण्डकी स्क्वास संघका महासचिव कमल बस्नेतले समेत भनाई राखेका थिए ।

उनीहरुले पोखरा रंगशाालामा रहेको स्क्वास कोर्टलाई पूर्णता दिन र अन्तर्राष्ट्रियस्तरको रुपमा विकास गर्न प्रदेश सरकारको ध्यानाकृष्ट गराएका थिए ।

सो प्रतियोगिता तीन दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न ४ जिल्लाका २० खेलाडीहरुको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close