खेलकुद मन्त्रालय र ओलम्पिक कमिटी बीच शित यूद्ध जारी, आज फेरी आयो अर्को विज्ञप्ती

पोखरा स्पोर्टस । यूवा तथा खेलकुद मन्त्रालय र अन्तर्राष्ट्रिय ओलम्पिक मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटि (एनओसी)का बीच एक आपसमा शित यूद्ध चलिरहेकै बेला मन्त्रालयले पुनः एक विज्ञप्ती जारी गर्दै एनओसीले गर्ने कुनै पनि पत्रचारलाई मान्यता नदिने जनाएको छ ।

मन्त्रालय र एनओसीको बिवादले अब नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय ऐरिनामा पुग्ने बाटो अब करिव–करिव बन्द हुने अवस्थामा पुगेको छ । तर दुबै पक्षले खेलाडीलाई काखी च्याप्दै भ्रम छर्ने कार्यलाई भने तिव्रता दिएका छन् । जसका कारण नेपाली खेलकुद अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम हुन पुगको विश्लेषकहरुले बताए ।

सन २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची र नागोया शहरमा आयोजना हुन लागेको २० औँ एशियाली खेलकुद प्रतियोगितालाई लिएर उठेका विभिन्न विषयहरूमा युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष तेजुलाल चौधरीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एनओसीका कुनै पनि पत्रहरुको मान्यता नहुने जनाउँदै मन्त्रालय एनओसी विरुद्ध एक कदम अघि बढेको हो ।

नेपाल सरकारले पहिले नै अवैध घोषित गरिसकेको जिवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यसमितिले ओलम्पिक गतिविधिमा सहभागिता जनाउन खोज्नु गैरकानुनी भएको मन्त्रालयले विज्ञप्तीमा स्पष्ट पारेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल ओलम्पिक कमिटीको लेटरप्याड र छापको दुरुपयोग गर्दै एशियाली खेलकुदका लागि खेलाडीको नामावली पठाइएको छ भन्ने पत्रहरू पूर्ण रूपमा अवैध छन् र तिनको कुनै वैधानिकता छैन ।”

विज्ञप्तिअनुसार जुन ३०, २०२५ सम्म खेलाडीको नाम दर्ता गरिने अन्तिम मिति हो भन्ने हवाला दिँदै गरिएका पत्राचारहरूलाई सरकारले मान्यता दिन नसक्ने उल्लेख गरिएको छ । साथै, प्रतियोगिता आयोजकबाट नेपाल सरकार वा राखेपलाई कुनै आधिकारिक पत्र प्राप्त नभइसकेको भन्दै, अवैध समितिबाट गरिएका पत्राचारमा आधारित भएर खेल संघहरूलाई दर्ता नगरिएको भनी गरिने प्रचारप्रति आपत्ति जनाइएको छ ।

मन्त्रालयले नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि खेल प्रतियोगिता रोक्ने पक्षमा नरहेको जनाउँदै खेल र खेलाडीको हितमा सधैं सकारात्मक दृष्टिकोण राख्दै आएको जनाएको छ।

यसैबीच, एशियाली खेलकुदमा सहभागिता जनाउन चाहने ३१ वटा खेल संघको सूची मिति २०८२ असार १६ गते भित्रै सम्बन्धित निकायमा विधिवत् रूपमा दर्ता भइसकेको जानकारी दिंदै अवैध भनिएको एनओसीबाट गरिएका प्रचारप्रति भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालय र एनओसीको बिवादले अब नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय ऐरिनामा पुग्ने बाटो अब करिव–करिव बन्द हुने अवस्थामा पुगेको छ । तर दुबै पक्षले खेलाडीलाई काखी च्याप्दै भ्रम छर्ने कार्यलाई भने तिव्रता दिएका छन् । जसका कारण नेपाली खेलकुद अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम हुन पुगको विश्लेषकहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close