इन्टर मिलानलाई हराउदै फ्लुमिनेन्स क्लब विश्वकपको क्वाटरफाइनलमा

पोखरा स्पोर्टस ।  ब्राजिलियन क्लब फ्लुमिनेन्स जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न नकआउट चरणको खेलमा फ्लुमिनेन्सले इन्टर मिलानलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

फ्लुमिनेन्सको जितमा जर्मन कानो र हर्कुलसले एक एक गोल गरेका थिए ।

अब क्वाटरफाइनलमा फ्लुमिनेन्सले म्यानचेस्टर सिटी र अल हिलालबीचको आज हुने खेलको विजेतासँग खेल्ने छ ।

यो हारसँगै इन्टर मिलानको विश्वकपको यात्रा सकिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close