भुटानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

पोखरा स्पोर्टस ।  नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज भुटानविरुद्ध खेल्दैछ ।

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै यस खेलमा भुटानले पहिला बलिङ गर्ने भएको छ । 

प्रतियोगितामा नेपाल शुरुका तीन खेलमा जित हासिल गरेर नेपाल सेमिफाइनलमा पुगिसकेको छ । नेपाल ३ खेलमा ६ अंकसहित समुह ए मा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै यस समुहमा ३ खेलमा ६ अंकनै सहित सिंगापुर दोस्रो स्थानमा छ र सिंगापुर पनि सेमिफाइनलमा पुगिसकेको छ । यस समुहबाट जापान, इन्डोनेसिया र भुटान भने बाहिरिएका छन् ।

त्यस्तै समुह बी बाट मलेसिया र हङकङ चाइना सेमिफाइनलमा पुगिसकेका छन् भने थाइल्याण्ड, म्यान्मार र माल्दिभ्स बाहिरिएका छन् ।   

आज समुह चरणका अन्तिम खेल हुदैछन् र यी खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ र सेमिफाइनलको समीकरण तय हुने छ ।

प्रतियोगिताको सेमिफाइनल खेल जुलाई ३ मा हुने छन् भने तेस्रो स्थान र फाइनल खेल जुलाई ५ मा हुने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close